एमाले नेता कृष्ण दाहालको वडामा काँग्रेस विजयी
हेटौंडा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नम्बर एकका सांसद कृष्णप्रसाद दाहालको वडामा नेपाली काँग्रेस विजयी भएको छ ।
मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेद्वार रामबहादुर मुक्तान पराजित भएका हुन् । उनलाई नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेद्वार ज्ञानेन्द्र बजगाई विजयी भएका छन् ।
कांग्रेसका बजगाईले ५१९ मत प्राप्त गर्दा एमालेका मक्तानले ४९९ मत मात्र प्राप्त गरे । तर वडा सदस्यमा सबै नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् ।
उक्त वडामा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेको थियो । गठबन्धनमा कांग्रेसले वडा अध्यक्ष र वडा सदस्यहरु माओवादीले लिएको थियो । तर कांग्रेसले वडा अध्यक्ष जित्दा माओवादीले वडा सदस्यहरुमा हार व्यहोरेका छन् ।

बाइलाइन नेपाल











