मकवानपुरका ५ वटा पालिकामा मतगणना सुरु
हेटौंडा । मकवानपुरको पाँच वटा पालिकामा मतगणाना सुरु भएको छ । हेटौँडा उपमहानगरपालिकासहित थाहा नगरपालिका, मनहरी, मकवानपुरगढी र भीमफेदी गाउँपालिकाको मतगणना भइरहेको छ ।
हेटौंडा उपमहानगरपालिकाको शुक्रबार राति बसेको सर्वदलीय बैठकले शनिबारबाट मत गणना गर्ने सहमति गरेको थियो ।
मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा भइरहेको छ ।
मुख्य निर्वाचन कार्यालय हेटौँडाले चार स्थानमा मत गणनाको व्यवस्था गरिएको जानकारी दिएको छ । मतगणना स्थलमा तारजालीसहित सिसिटिभीको व्यवस्था गरिएको छ । शुक्रबार सम्पन्न मतदानमा हेटौँडा
उपमहानगरपालिकाको कूल मतदाता मध्ये ६५ प्रतिशत मत खसेको थियो । मत गणनामा पहिले हेटौँडाको वडा नम्बर १,२,१८ र १९ को गरिने छ ।
मकवानपुरका अन्य गाउँपाकिलाको पनि केही समयमै मतगणाना सुरु गर्ने तयारी भइरहेको जानकारी प्राप्त भएको छ ।

बाइलाइन नेपाल











