मेयरका उम्मेदवार अनन्त पौडेलले गरे मतदान
बाइलाइन नेपाल३० बैशाख २०७९, शुक्रबार ०९:२१
नेकपा एमालेबाट हेटौंडाको मेयरको उम्मेदवार अनन्त पौडेलले मतदान गरेका छन् ।
उनले हेटौंडा–९ स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी दोस्रो संविधानसभामाट तत्कालिन मकवानपुर क्षेत्र नम्बर ३ बाट समेत निर्वाचित भएका थिए । उनले सम्पूर्ण मतदातालाई मतदान प्रक्रियामा सहभागी हुन समेत आग्रह गरेका छन् ।













