कमल थापाले गरे मतदान

बाइलाइन नेपाल
३० बैशाख २०७९, शुक्रबार ०९:११

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् ।

उनले हेटौंडा–६ स्थित वंशगोपाल उच्च माविस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । थापाको गृह नगरमा राप्रपा नेपालबाट कुनै पदमा पनि उम्मेदवारी छैन ।

मतदान पछि उनले आफ्नै घर आँगनमा आफ्नै हातले आफ्नो सरकार बनाउने महान प्रजातान्त्रिक अभ्यासमा सहभागी हुँदा हर्ष र गौरवको अनुभूति भएको बताए । २०७२ सालमा संविधान जारी भएपछि भएको यो दोस्रो स्थानीय तहको निर्वाचनले प्रजातन्त्रलाई सुदृढ र संस्थागत गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको प्रतिक्रिया दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*