कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गरे मतदान

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मतदान गरेका छन् । उनले विहान ७ः ४५ बजे हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१८ दोभानचौरस्थित कमला निम्न माद्यमिक विद्यालय पुगेर मतदान गरेका हुन् ।
मतदानपश्चात बानियाँले कुनै त्रास वा प्रलोभनमा नपरी मतदान प्रक्रियामा सहभागी हुन उनले मतदाताहरुलाई अपिलसमेत गरेका छन् ।