शान्तिपुर मतदान केन्द्रमा प्रचण्डद्वारा मतदान

बाइलाइन नेपाल
३० बैशाख २०७९, शुक्रबार ०७:३९

नेकपा माओवादी केन्द्रका अध्यक्षले स्थानीय तह निर्वाचनका लागि मतदान गरेका छन् । प्रचण्डले भरतपुर महानगरपालिका–१४ शिव नगरमा रहेको प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

आज स्थानीय तहको निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले मतदान गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् । ६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गरि ७५३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जानएको छ । आयोगका अनुसार ३५ हजार २२१ जना निर्वाचित हुने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*