जिम्बावे ए माथि नेपालको शानदार जित

बाइलाइन नेपाल
२५ बैशाख २०७९, आईतवार १०:२१

नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा जिम्बावे ए माथि ९ विकेटको सहज जित हात पारेको छ । योसँगै तीन एकदिवसिय अभ्यास खेल १–१ को बराबरी अवस्थामा पुगेको थियो ।

जितको लागि ८८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका ओपनर सुनिल धमला ३८ बलमा ८ चौकासहित ३८ रनमा आउट भए । आसिफ शेख ३१ बलमा ६ चौकासहित ३४ रनमा अविजित रहे । विनोद भण्डारी ३ बलमा १ चौकासहित ४ रनमा अविजित रहे ।

पहिलो विकेटका लागि धमला र आसिफ शेखले १०.३ ओभरमा ७९ रनको साझेदारी गर्दै सहज जितको आधार तय गरेका थिए । जिम्बावे ए का ब्रेन्डन मभुताले १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावे ए ३१.५ ओभरमा मात्र ८७ रनमा अल आउट भएको थियो । जिम्बावेका लाथि तल्लोक्रमका जनथान क्याम्पबेलले ४२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २७ रन बनाए । ब्राड इभान्सले ३५ बलमा १ चौका र १ छक्कासहित २० रनमा अविजित रहे । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

चोभार एण्डबाट करण केसी र टियु एण्डबाट सोमपाल कामीले सानदार बलिङ गरेपछि जिम्बावे एको ब्याटिङ ध्वस्त भएको थियो । तीव्र गतिका बलर करण केसीको इनिङको पहिलो बलम ओपनर इनोसेन्ट कैया एज लागेर आसिफ शेखबाट क्याच आउट भए । चौथो ओभरको पाँचौं बलमा सोमपाल कामीले तडिवानाशे मरुमानीलाई ४ रनमा विकेटकिपर विनोद भण्डारीबाट क्याच गराए ।

करण केसीले अर्को ओभरमा चेफाश झुवाओलाई १० रनमा आसिफबाट क्याच गराए । सोमपाल कामीले रोय कैयालाई ४ रनमा बोल्ड आउट गरेपछि जिम्बावे ए ७.२ ओभरमा २४–४ को कमजोर अवस्थामा पुगेको थियो ।

चोभार एण्डबाट करण र टियु एण्डबाट सोमपाल कामीकोले जिम्बावे एको ब्याटिङ धरासय बनाएका थिए । सुरुवाती १४ ओभर सोमपाल र करणको मात्र स्पेल थियो । करणले क्लाइभ मडान्डेलाई १ रनमा बोल्ड गरे । ल्यूक जोंगवेलाई सागर ढकालले ८ रनमा बोल्ड आउट गरे ।

करण केसीले ८ ओभरमा ३ मेडनसहित १७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले २ र सागर ढकालले १ विकेट लिए । तेस्रो तथा अन्तिम एकदिवसिय खेल सोमबार हुनेछ । पहिलो खेलमा जिम्बावे ए ले नेपाललाई ३ विकेटले हराएको थियो । तीन टि२० अभ्यास खेल भने १-१ को बराबरीमा सकिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*