दीपेन्द्रकाे शतकमा मलेसियालाई २२४ रनकाे चुनौती

बाइलाइन नेपाल
१९ चैत्र २०७८, शनिबार १४:११

त्रिकाेणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भइरहेको खेलमा नेपालले मलेसियालाई २२४ रनकाे लक्ष्य दिएकाे छ ।

दीपेन्द्र सिंह ऐरीले ११० रन बनाएपछि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले ५ विकेट गुमाएर २२३ रन बनाएकाे हाे ।

दीपेन्द्र ओडीआई र टी-२० आईमा शतक प्रहार गर्ने दाेस्राे नेपाली खेलाडी बने । यसअघि पूर्व कप्तान पारस खड्काले दुवै फर्म्याटमा शतक प्रहार गरेका थिए । दीपेन्द्रले ५७ बल खेल्दै १० चाैका र ६ छक्का मद्दतमा अविजित ११० रन बनाए ।

यस्तै राेहित पाैडेलले पहिल टी२० अन्तर्राष्ट्रियमा पहिलाे अर्धशतक प्रहार गरे । राेहितले ३४ बल खेल्दै ५ चाैका मद्दतमा ५१ रन बनाए ।

दीपेन्द्र र राेहितले तेस्राे विकेटका लागि ९६ रनकाे साझेदारी गरेका थिए । ओपनर आसिफ शेखले १८ र कुशल भुर्तेलले १२ रन बनाए । आरिफ शेख २ रन बनाएर आउट भए ।

आदिल अन्सारीले १४ रन जाेडे । अन्तिम बलमा आदिल रनआउन हुनुअघि दीपेन्द्रसँग ५९ रनकाे साझेदारी गरे । बलिङमा मलेसियाका लागि मुहम्मद वाफिक, पवनदिप सिंह, स्याज्रुल ईद्रुस र मुहम्मद अमिरले १-१ विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*