सहकारी दिवसमा अस्पतालका बिमारीलाई फलफूल

बाइलाइन नेपाल
१९ चैत्र २०७८, शनिबार १२:०२

हेटौंडा । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नाराका साथ ६५ औं सहकारी दिवसका क्रममा बागमती प्रदेशको राजधानी हेटौंडमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा अस्पताल) मा उपचाररत बिरामीहरुलाई फलफूल बितरण गरिएको छ ।

६५ औं राष्ट्रिय सहकारी दिवस, मूल समारोह समितिको आयोजनामा हेटौंडा अस्पतालमा रहेका बिरामीहरुलाई शनिबार फलफूल बितरण गरिएको हो ।

मूल समारोह समितिको आयोजना, मकवानपुर दुग्ध सहकारी संघ, बहुउद्देश्यीय सहकारी संघ मकवानपुर, कृषि सहकारी संघ मकवानपुरको ब्यवस्थापनमा हेटौंडा अस्पतालका बिभिन्न वार्डमा उपचाररत बिरामीहरुको स्वास्थ्यलाभको कामना सहित फलफूल वितरण गरिएको कृषि सहकारी संघ मकवानपुरका सञ्चालक राजु दर्लामी बताए।

बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षता भएको कार्यक्रममा भूमि ब्यवस्था, सहकारी तथा गरिवीनिवारण मन्त्रालयका रजिष्ट्रार नारायण प्रसाद ज्ञावलीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मूल समारोह समितिका संयोजक तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक नारायणप्रसाद देवकोटा, अस्पतालका रजिष्ट्रार राजेश प्रसाई, राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक बद्रीप्रसाद लम्साल, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष राधा सिन्तान, जिल्ला बचत तथा ऋया सहकारी संघ, मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष धर्मराज लामिछाने, बागमती प्रदेश सहकारी संघका सञ्चालक मेनुका दाहल, जिल्ला कृषि सहकारी संघ मकवानपुरका सञ्चालक राजु दर्लामी, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल, नेप्सकुन हेटौडाका फिल्ड सदस्य राजु गौतमलगायतको सहभागिता रहेको थियो ।

सहकारी दिवसकै अवसरमा भोली आईतबार ¥याली सहित प्रवचन, सम्मान बितरण र साँझ दिप प्रज्वलन सहित समापन गरिने मूल समारोह समितिका संयोजक देवकोटाले बताए ।

शनिवार बिहान ७ः३० बजे भुटादेबी माबि, हेटौंडको चौरबाट ¥याली सुरु भई रोयल पार्टी प्यालेस हेटौंडामा समापन समारोह हुने संयोजक देवकोटाले बताए । राष्ट्रिय सहकारी दिवस २०७८ को अवसरमा शनिवार साँझ प्रदेशका सबै सहकारी संघ÷संस्थाहरुले दिपावली गरि मनाउन संयोजक देवकोटाले अनुरोध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*