कस्तो रहला आज दिनभरको मौसम ?

बाइलाइन नेपाल
१० चैत्र २०७८, बिहीबार ०७:४४

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

यस्तै दिउँसो देशका पहाडी र हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानहरुमा भने मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

यस्तै रातिपहाडी र हिमाली भूभागमा आंशिक बदली रहने छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा भने हल्का वर्षाको सम्भावना छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*