नेपाल र थाइल्याण्ड भिड्दै

बाइलाइन नेपाल
१० चैत्र २०७८, बिहीबार ०७:४२
फाइल तस्वीर

एएफसी एसिया कप-२०२३ को तयारीका लागि फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
थाइल्याण्डको चोनबुरीमा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

नेपाल र थाइल्याण्ड दुबै एएफसी एसिया कप-२०२३ को तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन् । सोही प्रतियोगितालाई मध्येनजर गर्दै मैत्रीपूर्ण खेल खेलिन लागेको हो ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले थाइल्याण्डविरुद्धको खेलले एसियन कपको तेस्रो चरणमा निकै मद्दत पुग्ने बताएका छन् ।
नेपाल तेस्रो चरणको लागि समूह ए मा छ । जहाँ जोर्डन, आयोजक टिम कुवेत र इन्डोनेसिया छन् ।

थाइल्यान्ड भने समूह सी मा छ । जहाँ उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका एकै समूहमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*