जापानमा भूकम्प: दुई जनाको मृत्यु, २० लाख मानिस अन्धकारमा

बाइलाइन नेपाल
३ चैत्र २०७८, बिहीबार ०८:०५

जापानमा बुधबार साँझ गएको शक्तिशाली भूकम्पमा दुई जनाको मृत्यु भएको छ । भूकम्पमा दर्जनौँ मानिस घाइते भएका छन् । पूर्वी जापानमा ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पले पुर्‍याएको जनधनको क्षतिको पूर्ण विवरण विवरण आइनसकेको प्राप्त समाचारमा जनाइएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । भूकम्पपछि बुधबार रातभर र बिहीबार बिहान पनि निरन्तर पराकम्पहरू आइरहेका छन् ।

भूकम्पको असर राजधानी टोकियोमा पनि देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रमा विद्युतीय सेवा अवरुद्ध छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*