विद्यालयको अन्तिम परीक्षा वैशाखमा,नयाँ शैक्षिक सत्र जेठ १ देखि

बाइलाइन नेपाल
१ चैत्र २०७८, मंगलवार ०८:१३

विद्यालयहरूले आउँदो वैशाखमा विद्यार्थीका सबै प्रकारका परीक्षाहरू लिएर वैशाखमै नजिता प्रकाशन गर्नुपर्ने भएको छ।चैतभर भने पठनपाठनलाई जारी राख्नुपर्ने शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले बताएको छ।

एसईई परीक्षा वैशाख ९ गतेदेखि सञ्चालन गर्ने तालिका छ। यसलाईसमेत मध्यनजर गर्दै स्थानीय तहहरूले कक्षा ८ को परीक्षा पनि वैशाखमै अनुकूल समयमा गर्नुपर्ने केन्द्रको भनाइ छ।

‘शैक्षिक सत्र ०७८ को चैत मसान्तसम्मको पूरै अवधि विद्यालयले नियमित रूपमा पठनपाठन सञ्चालन गर्नुपर्दछ,’ केन्द्रले आज सूचना निकालेर भनेको छ, ‘विद्यालयले लिने कक्षा १० सम्मका सबै प्रकारका परीक्षाहरू वैशाखमा मात्र सञ्चालन गर्ने र नतिजा प्रकाशनको कामसमेत वैशाखमै सक्ने।’

साथै नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान वैशाखमै सुरू गर्नुपर्नेछ। जेठ १ गतेदेखि नियमित पठनपाठन सुरू गर्न पनि केन्द्रले निर्देशन दिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*