स्वास्थ्यमन्त्री खतिवडा र मुख्यसचिव बैरागीले गरे अंगदानको घोषणा

बाइलाइन नेपाल
१५ फाल्गुन २०७८, आईतवार १५:००

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले अंग दान गर्ने घोषणा गरेका छन् । राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडा र मुख्यसचिव बैरागीले मुत्युपश्चात् अंग दान गर्ने घोषणा गरेका हुन् ।

मन्त्री खतिवडाले आफू अंग दान गर्न इच्छुक रहेको र लिखित हस्ताक्षर गराउने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । मन्त्री खतिवडाले भन्नुभयो, ‘मैले अंग दान गर्ने घोषणा गरेँ, त्यसको लागि मैले कहाँकहाँ ल्याप्चे सही गर्नुपर्ने हो तयारी गरिदिनुहोला’ उनले भनेका थिए ।

त्यस्तै नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले आफू अंग दान गर्न इच्छुक रहेको र आगामी दिनमा स्वेच्छिक धारणाहरु सार्वजनिक गर्ने बताए । उनले नेपालले विगत दुई वर्ष यता स्वास्थ्य पूर्वाधार र जनशक्ति विकासको क्षेत्रमा उल्लेख्य फड्को मारेको बताए । ‘म अंगदान गर्ने घोषणा गर्न चाहन्छु । यसमा धेरै स्वेच्छिक धारणाहरु आउनेछन्, कहाँ कहाँ लिखित के गर्नुपर्छ, त्यसको प्रबन्ध राम्रोसँग गरेर राख्नुहोला ।’

यस वर्ष सरकारले गुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो प्रतिवद्धता भन्ने मुल नारासहति स्वास्थ्य सेवा दिवस मनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*