पुटिनको घोषणापछि युक्रेनका सैन्य इलाकामा भारी बमबारी
युक्रेनले शहरमा हमला भइरहेको छ भन्ने खबरलाई रुसले अस्विकार गरेको छ । रुसको रक्षा मन्त्रालयले उनीहरु युक्रेनमा सेनाका संरचनात्मक ढाँचा, वायु रक्षा र वायु सेनालाई निशाना बनाइरहेको बताएको छ ।
रुसको सरकारी एजेन्सी आरआईएले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुस यसका लागि उच्च स्तरको सटीक हतियारको प्रयोग गरिरहेको बताएको छ ।
युक्रेनको सेनाले एक बयान जारी गर्दै रुसको सेनाले देशको पूर्वी भागमा उसको इलाकामा बमबारी गरेको जानकारी दिएको छ ।
बयानका अनुसार रुसले राजधानी किएफको नरदिर बोरिसपिल विमानस्थल र अन्य विमानस्थलमा मिसाइल हमला गरेको छ । सेनाको बयानमा युक्रेनको वायु सेना रुसको हवाई हमलाको सामना गरिरहेको बताइएको छ । रुसी प्याराट्रूप्स देशको दक्षिण बन्दरगाह शहर ओडेसामा उत्रिएको भन्ने खबरलाई भने युक्रेनको सेनाले अस्विकार गरेको छ ।
थुप्रै रिपोर्टमा बेलारुसका सेना रुसको हमलामा समावेश भएको पनि बताइएको छ । यी रिपोर्टमा युक्रेनका अधिकारीलाई उद्धृत गरिएका ेछ । युक्रेनको उत्तरी सीमामा स्थित बेलारुस वर्षौंदेखि रुसको सहयोगी रहेको छ । उत्तरबाट हमलाको अर्थ यो हो कि रुसको पूर्वी युक्रेनमाथि हमलाका साथै युक्रेनविरुद्ध अर्को एउटा मोर्चा खोलिएको छ ।

एजेन्सी











