नेपाल आज यूएईसँग सेमिफाइनल खेल्दै, कस्तो छ सम्भावना ?

बाइलाइन नेपाल
१० फाल्गुन २०७८, मंगलवार ०९:२९

आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ ।

अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह एको उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो ।

दोस्रो सेमिफाइनल खेल पनि आजै हुँदैछ । अर्को खेल ओमान र आयरल्याण्डबीच हुनेछ ।आयरल्याण्ड समूह एको विजेता हो भने ओमान समूह बीको उपविजेता हो ।

दुवै सेमिफाइनल खेल आज अपराह्न पौने चार बजे ओमानको अल अमेरात रंगशालामा एकै समयमा हुनेछन् । यूएईलाई हराए नेपालले विश्वकप खेल्नेछ । आजको खेल जित्ने दुई देश फाइनल प्रवेश गर्नेछन् । फाइनल खुल्ने दुवै टिम विश्वकपका लागि छनोट हुने छन् ।

नेपाल र यूएई टी-२० अन्तर्राष्ट्रियमा चार पटक खेलेका छन् । जसमा दुवै टिमले २-२ खेल जितेका छन् । सन् २०१९ मा यूएईमै भएको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले यूएईलाई २-१ ले हराएर सिरिज जितेको थियो ।

उक्त सिरिजको पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपालले त्यसपछि दोस्रो खेलमा यूएईलाई ४ विकेटले र तेस्रो खेलमा १४ रनले पराजित गरेको थियो ।

त्यसपछि अहिले भइरहेको क्वालिफायर अघि चारदेशीय सिरिजमा यूएईले नेपाललाई पराजित गरेको थियो । उक्त खेलमा यूएईले पहिलो ब्याटिङ गर्दै चिराग सुरीको ८४ रन मद्दतमा ३ विकेट गुमाएर १९३ रन बनाएको थियो । जवाफमा नेपालले १६७ रन मात्र बनाउन सक्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*