बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई पाँच वर्षको जेल सजाय
बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दल प्रमुख लालु प्रसाद यादवलाई झारखण्डमा सीबीआईको विशेष अदालतले चार घोटालाका पाँचौँ मामिलामा सोमबार पाँच वर्षको कैद सजाय सुनाएको छ । अदालतले उनीमाथि ६० लाख भारुको जरिवाना पनि लगाएको छ । अदालतले उनलाई १५ फेब्रुअरीमा दोषी ठहर गरेको थियो ।
लालु प्रसाद यादव सोमबार भिडियो कन्फरेन्सिङमार्फत अदालतको कारवाहीमा समावेश भए तर अदालत परिसरमा भारी भीड जम्मा भयो । सुरक्षालाई दृष्टिगत गर्दै प्रहरीले अतिरिक्त बल तैनाथ गर्नुपर्यो ।
लालु प्रसाद यादवका वकिल प्रभात कुमारले बीबीसी हिन्दीसँगको कुराकानीमा भने, ‘लालु यादवको उमेर, स्वास्थ्य र पशुपालन घोटालाकै अन्य मामिलामा निश्चित गरिएको सजायलाई अवधिलाई मध्यनजर गर्दै उनका लागि न्यूनतम सजायको माग गरिएको थियो । ’
लालू यादवको वकिलका अनुसार उनले उच्च अदालतमा सजायविरुद्ध अपिल गर्नेछन् ।

एजेन्सी











