रौतहटमा सवारी दुर्घटना, १ जनाको मृत्यु

बाइलाइन नेपाल
६ फाल्गुन २०७८, शुक्रबार १२:१४

रौतहटको दुर्गा भगवती गाँउपालिका–२ कर्बोलमा बिहीबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पिप्राबाट सुकदेवचोकतर्फ जाँदै गरेको ना २ त ८६०५ नम्बरको ट्रयाक्टरले बिपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको मोटरसाईकललाई बिहीबार बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका मोटरसाईकल चालकको जिल्ला सरकारी अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटना पश्चात ट्रयाक्टर चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गंगापिपरा रौतहटले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*