रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बाइलाइन नेपाल
४ फाल्गुन २०७८, बुधबार ११:३६

रुकुम पूर्वको भुमे गाँउपालिका–४ कराल बगरमा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक सहित चार जना घाइते भएका छन् । मृत्यु हुनेमा भुमे गाँउपालिका–८ का १८ वर्षीय सुनिल रोका रहेका छन् । रोकालाई उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मध्ये तीन जनाको जिल्ला अस्पताल रुकुममा उपचार भइरहेको छ भने र एक जनालाई उपचारका लागी दाङ तर्फ पठाइएको छ । रा १ त ३२ ४५ नम्बरको ट्याक्टर मंगलबार साँझ ६ बजे अनियन्त्रित भएर सडकदेखी अन्दाजी ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*