कमलविनायकमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

बाइलाइन नेपाल
३ फाल्गुन २०७८, मंगलवार १३:१४

भक्तपुरको कमलबिनायक च्यामासिंहमा बस र मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी भएको सो दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल सवार दोलखाका ३४ वर्षिय देबेन्द्र कार्की रहेका छन् ।

गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा सोमबार बेलुकी साढे ८ बजे मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाईकल चालक दोलखाकै २७ वर्षिय बलराम सुनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार बेलुकी ८ बजे बा ३ ख ४७ ६५ नम्बरको बस र बा ६१ प ६६१८ नम्बरको मोटरसाईकल आपसमा ठोकिएका थिए । दुबै सवारी साधन र बस चालक नियन्त्रणमा रहेको महानगरीय प्रहरी वृत्त जगातीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*