‘काउन्टर’ महाभियोगको पक्षमा एमालेका चार नेता
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि सत्ता गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गरेपछि ‘काउन्टर’ महाभियोगको तयारीमा रहेको नेकपा एमाले अलमलमा परेको छ । सोमबार काउन्टर महाअभियोगबारे निर्णय गर्न बोलाएको संसदीय दलको बैठकमा सांसदहरूको मिश्रित धारणा आएपछि एमाले नेतृत्व अलमलमा परेको हो ।
यद्यपि, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बोकेर नहिँड्ने निष्कर्ष निकालेको एमालेले उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने दाबी गरेको छ । सोमबार तीन घण्टा बसेको एमाले दलको बैठकमा खगराज अधिकारी, महेश बस्नेत, गोकुल बाँस्कोटा र राजबहादुर बुढाले भने काउन्टर महाभियोग लगाउनुपर्ने धारणा राखेका थिए । ‘सत्ता गठबन्धनले राजनीतिक स्टन्टका रूपमा महाभियोग ल्याएको हो भने हामी पनि के कम ? हामी काउन्टर महाभियोग किन नजाने ?’, चार नेताको भनाई थियो ।

बाइलाइन नेपाल











