सुर्खेतबाट ३ जना फरार अभियुक्त पक्राउ

बाइलाइन नेपाल
२ फाल्गुन २०७८, सोमबार १३:४६

सुर्खेतबाट ३ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । दुईजना बहुविवाह र एकजना भवितव्य ज्यान मुद्दा फैसलापछि फरार भएका अभियुक्तहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–५ चिसापानी घर भएका ३६ वर्षीय भीमबहादुर सुनार, ३३ वर्षीया जानकी सुनार र ३८ वर्षका खगेन्द्रबहादुर राजी छन् ।

बहुविवाह मुद्दामा भीमबहादुर र जानकी सुनारलाई अदालतले ११ महिना ६ दिन कैद र पाँच हजार जरिवाना हुने फैसला गरेको थियो । भवितव्य ज्यान मुद्दामा खगेन्द्रबहादुर राजीलाई अदालतले पाँचसय जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि उनीहरु फरार थिए । पक्राउ गरिएकाहरुलाई प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*