काठमाडौंमा थप १३ लाख १२ हजार मात्रा खोप आइपुग्यो

बाइलाइन नेपाल
२ फाल्गुन २०७८, सोमबार १२:१५
फाइल तस्वीर

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको थप १३ लाख १२ हजार ८० मात्रा खोप आइपुगेको छ । सोमबार बेलायत सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत एस्ट्राजेनेका खोप आएको आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ ।

यसअघि नै बेलायत सरकारको सहयोगमै ८ लाख ६२ हजार ८० मात्रा खोप आइसकेको छ । बेलायतको सहयोगमा कोभ्याक्स सुविधामार्फत २१ लाख ७४ हजार १६० मात्रा खोप नेपालमा आइपुगेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*