महाभियोग छापामार शैलीमा आयो : एमाले नेता खरेल

बाइलाइन नेपाल
१ फाल्गुन २०७८, आईतवार १२:५४

नेकपा एमालेका नेता अग्निप्रसाद खरेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव छापामार शैलीमा आएको बताएका छन् । यो घटनासँगै एमालेले नेता तथा सांसदहरुलाई काठमाडौं आउन भनेपछि विराटनगरबाट राजधानी आउन लागेका खरेलले  भने, ‘यो प्रस्ताव छापामार शैलीमा आयो, महाभियोग जस्तो विषय खुला छलफल गरेर अगाडि बढाइनुपर्थ्यो ।’

एमालेले संसदीय दलको बैठकमा यस विषयमा छलफल गर्ने पूर्व महान्यायाधिवक्ता समेत रहेका खरेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*