अखिल क्रान्तिकारीले पिलीमा मनायो २७ औं जनयुद्ध दिवस

बाइलाइन नेपाल
१ फाल्गुन २०७८, आईतवार १२:२८

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आइतबार कालीकोटको पिलीमा २७ औं जनयुद्ध दिवस मनाएको छ । तत्कालीन माओवादी जनयुद्धको महत्वपूर्ण युद्ध मोर्चामध्येको एक पिलीमा पुगेर अखिल क्रान्तिकारीले २७ औं जनयुद्ध दिवस मनाएको हो ।

यो कार्यक्रममा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित विद्यार्थी नेताहरु दिनेश पुन, अमर जंग शाही, राजेन्द्र बुढासहित सो पार्टीका नेताहरु संयोजक लक्ष्मी चौलागाई, अग्नि साहीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारीकी अध्यक्ष सिंहले पिली मोर्चा हारिएको भए माओवादी आन्दोलन नै संकटमा पर्ने सक्ने अवस्था रहेको स्मरण गर्दै सोही युद्धमा पार्टी विजयी बन्दा तत्कालीन शाही सरकार रक्षात्मक बनेको बताइन् । उनले माओवादी आन्दोलनकै बलमा अहिलेको अवस्था आइपुगेको पनि बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*