राप्रपाको पदाधिकारी बैठक धुम्बाराहीमा जारी

बाइलाइन नेपाल
२७ माघ २०७८, बिहीबार १३:५०

राप्रपाको केन्द्रीय पदाधिकारीको बैठक पार्टी कार्यालय धुम्बाराहीमा जारी रहेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा भएको बैठकमा पूर्वअध्यक्ष पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीको समेत सहभागिता रहेको छ । पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेपछि बस्न लागेको बैठकलाई महत्वका साथ गरिएको छ । बैठकमा थापा पक्षीय भनेर चिनिएका पदाधिकारीहरुको पनि सहभागिता छ ।

बैठकमा समसामयिक राजनीतिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी लगायतका विषयमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*