पछिल्लो ६ महिनामा ६३ जना विदेशीसहित २२ सय ४६ जना लागुऔषध कारोबारी पक्राउ

बाइलाइन नेपाल
२६ माघ २०७८, बुधबार १२:४२

चालु आर्थिक वर्ष २०७८–७९ सुरु भए यताको ६ महिनामा प्रहरीले अवैध लागुऔषधसहित २ हजार २४६ जनालाई पक्राउ गरेको छ । २०७८ साउन देखि पुस मसान्तसम्मको अवधिमा उनीहरु पक्राउ परेको गृह मन्त्रालयले जनाएको छ । गृहका अनुसार पक्राउ पर्नेमा २ हजार १८३ जना नेपाली, ५८ जना भारतीय र ५ जना अन्य देशका नागरिक रहेका छन् ।

पक्राउ पर्नेहरूबाट ठूलो मात्रामा गाँजा, चरेस, अफिम, कोकिन लगायतका लागुऔषध बरामद गरिएको गृहले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*