सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता हुनसक्छः महेश बस्नेत

बाइलाइन नेपाल
२५ माघ २०७८, मंगलवार १३:२५

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव पनि दर्ता हुनसक्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता बस्नेतले भने,‘अब एमालेले सभामुखज्यूलाई महाभियोग दर्ता गरेर सेफ ल्यान्डिङ खोजोस् भन्ने कतिपय बुद्धिजिवीहरुको सुझाव पनि छ, सभामुखज्यूलाई महाभियोग ल्याउनसक्ने एउटा परिस्थिति सिर्जना पनि हुनसक्छ, उहाँको कारणले ।’

उनले सभामुखविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउनको लागि आफूहरु सय जना सांसद जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको पनि बताए । उसो भए एमालेले महाभियोग प्रस्ताव दर्ता गराउँछ त ? भन्ने प्रश्नमा उनले भने–‘अहिले नै पार्टीको निर्णय नभइकन मैले भन्न त हतार होला, त्यो विषय पनि एउटा विषय हुनसक्छ, राजनीतिक घटनाक्रम कसरी विकास हुन्छ ? एउटा परिस्थिति त्यो हुनपनि सक्छ । तयारी गर्नै परेन नि ? हामी सय जना स्ट्याण्डबाई छौं। जुनबेला पनि सही गर्न तयार नै छौं । त्यसलाई संख्या पुर्याउने कुरामा पार्टीले पहल गरेर त्यो परिस्थिति सिर्जना गर्यो भने त्यो हुनपनि सक्छ ।’

उनले स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुने घोषणाको स्वागत गरे । स्थानीय तहको निर्वाचनको सवालमा आफ्नो दलले कसैसँग पनि गठबन्धन नगर्ने समेत बस्नेतले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*