भारत लैजान लागेको ५ टन केराउ बरामद

बाइलाइन नेपाल
२५ माघ २०७८, मंगलवार १२:३१

भारततर्फ निकासी गर्न लागेको अवस्थामा प्रहरीले ५ टन केराउ बरामद गरेको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका–७ बाट भारतको इटवातर्फ लाँदै गरेको अवस्थामा केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले बताए । प्रहरीले केराउ लोड गरेको युपी–५५ टि २२९५ नम्बरको ट्रक र चालकलाई पनि नियन्त्रणमा लिएको छ ।

चालक भारत घर भएका २७ वर्षीय धन प्रकाश अग्रहरि हुन् । करिब ५ लाख मूल्य पर्ने केराउ तेस्रो मुलुकबाट निर्यात गरेको खुलेको छ । तेस्रो मुलुकबाट ल्याएको केराउ भारतमा लैजान निषेध गरिएको छ । सो केराउ र ट्रकलाई सुठौलीस्थित भन्सार कार्यालयमा बुझाइने डिएसपी भण्डारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*