निर्वाचनका लागि तात्यो आयोग– स्थानीय तहमा कार्यालय खोल्न भवनको खोजी
स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले औपचारिक रूपमा तयारी अगाडि बढाएको छ । आयोगले प्रत्येक स्थानीय तहमा निर्वाचन कार्यलय स्थापनाका लागि उपयुक्त सरकारी, सार्वजनिक संस्था, विद्यालय वा निजी भवनको विवरण माघ मसान्तभित्रै पेश गर्न आह्वान गरेको छ ।
सार्वजनिक भवन उपलब्ध नभई भाडामा लिनुपर्ने भएमा सम्भावित निजी भवनको विवरण र भुक्तानी गर्नुपर्ने अनुमानित मासिक भाडा रकम समेत खुलाएर विवरण पेश गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गरी मातहत कार्यालयलाई आग्रह गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमवार विज्ञप्तिमार्फत जनाएका छन् ।
साथै आयोगले निर्वाचन आयोगबाट उपलब्ध गराइएका ल्यापटप तथा प्रिन्टरहरूको विवरण पनि पेश गर्न मातहतका कार्यालयलाई आग्रह गरेको छ ।

बाइलाइन नेपाल











