मामाघरमा पुस्तकालय संचालन गर्न पुस्तक सहयोग

बाइलाइन नेपाल
२४ माघ २०७८, सोमबार १४:२९

२४ माघ २०७८ हेटौंडा
सडक बालबालिकाको ब्यबस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरमा पुस्तकालय संचालन गर्न बसन्त पन्चमीको अवसर पारेर दिक्षान्त प्रकाशन किर्तिपुरले पुस्तक सहयोग गरेको छ। दिक्षान्त प्रकाशनका महेश शर्मां र नम्रता अर्याल शर्माले एकलाख नौ हजार छ सय उनान्तिस रुपैयाँ बराबरको ३१० थान पुस्तक सहयोग स्वरुप उपलब्ध गराउनु भएको हो। मामाघर नेपाल मकवानपुरमा संरक्षीत बालबालिका र समुदायका मानिसहरु समेतले प्रयोग गर्न सकिने गरि हेटौंडा ११ मा रहेको मामाघर नेपालको एउटा कोठामा पुस्तकालय संचालन गर्न लागिएको छ। विभिन्न पुस्तकहरु र दैनिक पत्रपत्रिकाहरु समेत नियमित अध्ययन गर्ने ब्यबस्था मिलाउने प्रयास भैरहेकोमा यो सहयोगले थप हौसला मिलेको छ। यो महत्त्वपूर्ण सहयोगको लागि दिक्षान्त प्रकाशनलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
मामाघर नेपाल मकवानपुर परिवार
हेटौंडा ११ मकवानपुर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*