स्थानीय निर्वाचनका लागि आयोगले नयाँ मिति प्रस्ताव गर्ने

बाइलाइन नेपाल
१८ माघ २०७८, मंगलवार १४:३८

हेटौंडा । निर्वाचन आयोगले स्थानीय तहको चुनाव गर्ने आज हुने छलफलमा नयाँ मिति प्रस्ताव सरकारसमक्ष प्रस्ताव गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज दिउँसो ३ बजे हुने छलफलमा आयोगले २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने मिति प्रस्ताव गर्ने तयारी गरेकोछ ।

आजको छलफलमा आयोगले आयोगले प्रस्ताव गरेको मितिमा प्रधानमन्त्रीले सहमति जनाइसकेपछि त्यसको दुई दिनभित्र निर्वाचन आयोगले गृह मन्त्रालयमा चुनावको मितिसम्बन्धी प्रस्ताव पेस गर्नेछ । आयोगको सो प्रस्ताव गृह मन्त्रालयले क्याबिनेटमा पेस गरेपछि चुनावको मिति औपचारिकरुपमा तय हुनेछ ।

निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*