डाक्टरको परीक्षामा नक्कली परीक्षार्थी, तीन भारतीय पक्राउ

बाइलाइन नेपाल
९ माघ २०७८, आईतवार १७:०१

चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी एमएस प्रवेश परीक्षामा नक्कली परीक्षा दिने एक युवकसहित तीनलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार गत माघ ८ गते काठमाडौँको एलआरआई स्कुल भएको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षामा बिचौलियाको रूपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने र परीक्षामा अमर्यादित कार्य गर्नेहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नक्कली परीक्षार्थी बनेका भारतको उत्तर प्रदेश घर भएका ३० वर्षीय जितेन्द्र कुमार मिश्रा, बिचौलिया भारतको विहार घर भएका ३४ वर्षीय शशि भूषण सिंह तथा अमर्यादित कार्य गर्ने विहार नै घर भएका ३२ वर्षीय कृष्णा मुरारी रहेका छन् । उनीहरूमाथि शिक्षा ऐन, २०२८ बमोजिमको कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*