आईपीएलमा लिलामीका लागि प्रारम्भिक सूची सार्वजनिक, नेपालबाट १५ खेलाडी समावेश

बाइलाइन नेपाल
८ माघ २०७८, शनिबार १५:१४

यस वर्षको आईपीएलको लिलामी १२ र १३ फेब्रुअरीमा हुँदैछ । शनिबार बीसीसीआईले १ हजार २१४ खेलाडीको सूची सार्वजनिक गरेको छ । यसमा ८९६ भारतीय र ३१८ विदेशी खेलाडी रहेका छन् । बीसीसीआईका अनुसार लिलामीको विदेशी खेलाडीको सूचीमा नेपालबाट १५ जना खेलाडी पर्न सफल भएका छन् । यसमा सबैभन्दा धेरै अस्ट्रेलियाबाट ५९, दक्षिण अफ्रिकाबाट ४८, वेस्ट इन्डिजबाट ४१ र श्रीलंकाबाट ३६ जना रहेका छन् । अमेरिकाबाट पनि १४ खेलाडी सूचीमा छन् ।

दुई दिनसम्म चल्ने लिलामीमा १० टोली भाग लिनेछन् । लिलामीमा २७० क्याप्ड, ९०३ अनक्याप्ड र ४१ जना एसोसिएट राष्ट्रबाट छन् । यसपटकको लिलामी कयौँ चर्चित खेलाडीले भाग नलिने भएका छन् । यसमा वेस्ट इन्डिजका क्रिस गेल, अस्ट्रेलियाका मिचेल स्टार्क, इंग्ल्याण्डका सैम करन, बेन स्टोक्स, जोफ्रा आर्चर, जो रुट, क्रिस वोक्स लगायत छन् ।

यस सूचीमा २ करोड न्यूनतम मूल्य भएका ४९ खेलाडी छन् जसमा १७ जना भारतीय छन् भने ३२ विदेशी खेलाडी छन् । भारतबाट रविचन्द्रन अश्विन, श्रेयस अय्यर, शिखर धवन, इशान किसन, सुरेश रैना यो सूचीमा छन् भने विदेशी खेलाडीमा डेविड वार्नर, कागिसो रबाडा, ड्वेन ब्राभो, प्याट कमिन्स, स्टीभ स्मिथ, मार्क वुड, ट्रेन्ट बोल्ट लगायत छन् । फ्रेन्चाइजीहरुले सर्टलिस्ट गरेका नामहरुको बैंग्लुरुमा लिलामी गरिनेछ ।

सन् २०२२ को आईपीएल सिजनका लागि ३३ खेलाडीहरुलाई रिटेन गरिएको छ । ८ टोलीले २७ खेलाडीलाई रिटेन गरेका छन् भने दुई नयाँ टोलीले ६ खेलाडीलाई आफ्नोमा समावेश गरेका छन् । केएल राहुललाई लखनऊले १७ करोडमा टीमा लिएको छ । योसँगै उनी विराट कोहलीसँगै आईपीएलको सबैभन्दा महँगो खेलाडी बनेका छन् । लखनऊले उनलाई कप्तान पनि बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*