स्रोत नखुलेको १० लाख रूपैयाँसहित दुई जना पक्राउ

बाइलाइन नेपाल
७ माघ २०७८, शुक्रबार १६:०९

सप्तरीमा स्रोत नखुलेको १० लाख रूपैयाँसहित दुई युवक पक्राउ परेका छन् । भारतबाट नेपाली रकम भित्र्याएको आशंकामा चेकजाँच गर्दा डाक्नेश्वरी–५ का २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका १२ का २४ वर्षीय दिलीपकुमार मण्डललाई अवैध १० लाख रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

राजविराज–हनुमाननगर सडकखण्डअन्तर्गत छिन्नमस्ता अस्पताल अगाडि चेकजाँच गर्दा प्रदेश २-०१-००३ प ३४७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट नौ लाख ९० हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।

स्रोत नखुलेको अबैध रुपैयाँ मोटरसाइकल र आरोपित दुई युवकमाथि थप अनुसन्धान कार्यका लागि सुनसरीको राजश्व कार्यालय इटहरी बुझाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*