बलात्कार आरोपमा २२ वर्षीय युवक पक्राउ

बाइलाइन नेपाल
६ माघ २०७८, बिहीबार १२:३२
Stop abusing boy violence. child bondage in angle image blur , Human Rights Day concept.

अपाङ्गता भएकी एक जना किशोरीलाई बलात्कार गरेको आरोपमा मोरङको सुनवर्षी नगरपालिका–७ का २२ वर्षीय सुरेन्द्र ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको छ । शारीरिक रूपमा अपाङ्गता रहेकी र बोल्न नसक्ने १७ वर्षीया किशोरीलाई बुधबार साँझ बलात्कार गरेको आरोप ऋषिदेवमाथि छ । उनलाई प्रहरीले सोमबार नै पक्राउ गरेको हो ।

घरमा कोही नभएको मौका छोपेर उनले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका डिएसपी मञ्जील मुकारुङले जानकारी दिए । किशोरी राम्ररी हिँडडुल गर्न र बोल्न सक्दिनन् । किशोरीमाथि जबरजस्ती गरिरहेको आमाले देखेपछि गाउँमा होहल्ला भएको थियो । होहल्ला हुन थालेपछि घटनामा संलग्न उनी फरार बनेका थिए । पीडितले उजुरी दिएपछि फरार भएका ऋषिदेवलाई इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

प्रहरी हिरासतमा रहेका ऋषिदेवलाई इप्रका रंगेलीले बिहीबार मोरङ अदालतमा जवरजस्ती करणीमा म्याद थप गरि अनुसन्धान गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*