प्रशासनले माघ मसान्तसम्म सबै किसिमका भेला हुने क्रियाकलापमा रोक लगायो

बाइलाइन नेपाल
४ माघ २०७८, मंगलवार १५:३७

उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म भेला हुने सबै किसिमका क्रियाकलापमा रोक लगाएको छ । ‘सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलापमा माघ मसान्तसम्म सञ्चालन नगर्ने’, प्रशासनले मंगलबार जारी गरेको आदेशमा भनिएको छ ।आज मध्यरातिदेखि लागू हुने आदेशमा भौतिक रुपमा उपस्थित गर्नुपर्ने कार्यका लागि २५ जना भन्दा बढी भेला हुन नपाइने उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*