स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ

बाइलाइन नेपाल
४ माघ २०७८, मंगलवार १२:४६

रौतहटको बौधीमाई नगरपालिका–७ बाट प्रहरीले स्रोत नखुलेको नगद सहित एकजना भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार स्थित मोतिहारी थाना घोडासहन घर भएका १९ वर्षीय यसराज जयसवाल छन् ।

सोमबार दिउँसो पक्राउ परेका जयसलवालको साथबाट स्रोत नखुलेको ३ लाख ६८ हजार ६ सय रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले रातोपाटीलाई बताए ।

भारतबाट नेपालतिर आउँदै गरेको बिआर–०५ एएन ६०८२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले जाँच गर्दा सो रकम फेला परेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*