मधेश प्रदेशमा आज सार्वजनिक बिदा

बाइलाइन नेपाल
४ माघ २०७८, मंगलवार ०९:४८

जनकपुरधाम । आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा आज सरकारले सार्वजनिक बिदा दिएको हो ।

मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशको नाम र राजधानी टुंगो लागेको अवसरमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिइएको बताए ।

सोमबार मात्रै प्रदेश सभाबाट प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम टुंगो लागेको हो । मधेश नामको पक्षमा ८० र जनकपुरधाम राजधानीको पक्षमा ७८ जना सांसदले मतदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*