पार्टीमा कुनै असहजता छैन : गच्छदार

बाइलाइन नेपाल
२ माघ २०७८, आईतवार १६:२३
Bijay Gachhadar

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली काँग्रेसको १४ औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाले पहिलो चरणमा केन्द्रीय समितिमा केहीलाई मनोनित गरिसक्नुभएको प्रसङ्ग उल्लेख गरे।

उनले अधिवेशनको दौरानमा पार्टीका कार्यकर्ता बीचमा देखिने दूरी स्वभाविक भएको र यो विस्तारै कम हुँदै जाने विश्वास व्यक्त गरे । पार्टीमा स्थानीय तहदेखि केन्द्रसम्म स्वस्थ प्रतिस्पर्धा भएकोले केही उतार चढाव हुनु स्वभाविक हो भन्दै यसलाई आफूले पनि स्वाभाविक रुपमा लिएको स्पष्ट गरे । उनले आगामी निर्वाचनमा पार्टी एकढिक्का भएर लाग्नुपर्ने धारणा पनि राखे । उनले तीनै तहको निर्वाचन एकै पटक वा अलग अलग गर्ने भन्ने विषयमा निर्वाचन आयोगले तयारी गरिरहेको पनि बताए ।

अधिवेशनका दौरानमा देखिएका नकारात्मक कुरालाई बिर्सेर नेतृत्व पङ्क्ति एवं आम कार्यकर्ता र नेताहरु आगामी दिनमा एक ढिक्का भइ अघि बढ्नुपर्ने उनको सुझाव थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*