सिरहाबाट पेस्तोलसहित युवक पक्राउ

बाइलाइन नेपाल
२ माघ २०७८, आईतवार १३:१४

सिरहाको गोलबजारबाट प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–६ डोहटीया घर भएका २७ वर्षीय पंकजकुमार महतो छन् । पंकजको घरमा लुकाएर राखेको म्यागजिन नभएको एकथान पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता (डिएसपी) सुवास बुढाथोकीले रातोपाटीलाई बताए ।

घरमा पेस्तोल राखेको सुराकको आधारमा शािनबार साँझ इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले उनको घरमा सर्च गरेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*