बसामाडी जेसीजमा चिराग अग्रवालको नेतृत्व
हेटौंडा । मकवानपुरमा रहेको बसामाडी जेसीजमा आज नयाँ नेतृत्व चयन भएको छ । वर्ष २०२२ को अध्यक्षमा चिराग अग्रवाल चयन भएका छन् । आज हेटौंडामा भएको जेसीआई बसामाडीको २२ औं साधारणसभाले आग्रवालको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको
हो ।
साधारणसभाले जेसीजको कार्याकारिणी उपाध्यक्षमा सरोज पौडेल र सुरज डंगोललाई चयन गरेको छ । यस्तै उपाध्यक्षमा मनिष घिमिरे, असिम ढुंगाना, अनिल भण्डारी र विजय कार्की चयन भएका छन् ।

बसामाडी जेसीज वर्ष २०२१ का अध्यक्ष गौतम केसीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका नेता असोक शाक्य, विशिष्ट अतिथिमा ज्योतिरत्न बज्राचार्य रहेका थिए । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, सुनिल दाहाल, इश्वर मैनाली, अभय श्रेष्ठ, प्रविन मैनाली, सरोज अधिकारी, विवेक बजगाईं, विष्णुहरि पण्डितलगायतको आतिथ्यता रहेको थियो ।

बाइलाइन नेपाल











