दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु
दाङमा ट्याक्टरसँग अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुरबाट हेकुलीतर्फ जाँदै गरेको रा १ ह २९६६ नम्बरको अटो गएराति रोकिराखेको रा १ त २८२२ नम्बरको ट्रयाक्टरसँग ठोक्किँदा दंगीशरण–४ बस्ने ५० वर्षीय दिपक बुढाथोकीको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्यालका अनुसार दुर्घटनामा अटो चालक दंगीशरण–३, हेकुली बस्ने २७ वर्षीय मनीष चौधरी घाइते भएका छन् ।
प्रहरीले अटो र ट्याक्टरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।

बाइलाइन नेपाल











