रौतहटमा लागुऔषधसहित एक किशोर पक्राउ

बाइलाइन नेपाल
२९ पुष २०७८, बिहीबार १७:३२

रौतहटमा प्रहरीले एक युवकलाई लागुऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ५ थलहिका वर्ष २० का सुमन विश्वकर्मा रहेको रौतहट प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताएका छन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो।

विश्वकर्माको साथबाट डाईजेल्याब इन्जेक्सन ३८ एमपुल, नर्फिन इन्जेक्सन ३६ एम्पुल, फेनरगन इन्जेक्सन को ३९ एम्पुल र निटराजिपाम १० एमजी ३२ टेबलेट लागू औषध बरामद भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामिछानेले बताए ।  विश्वकर्मामाथि थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*