१० किलो चरेससहित पर्साबाट एकजना महिला पक्राउ

बाइलाइन नेपाल
२९ पुष २०७८, बिहीबार १४:१३

पर्साको बीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटबाट प्रहरीले १० किलो चरेससहित एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट पिपरिया परेवा घर भएकी ४२ वर्षीया रञ्जु देवी छिन् ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले बुधबार राति उनलाई पक्राउ गरेको हो । उनीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*