‘अभिमन्युको नयाँ भूमिकामा’ आए साहित्यकार ऋषि केबी
हेटौंडा । साहित्यकार ऋषि केबी ‘अभिमन्यु नयाँ भूमिकामा’ कविता सङ्ग्रह लिएर आएका छन् । अधिवक्ता समेत रहेका साहित्यकार केबीको नयाँ कविता सङ्ग्रहको बुधबार साहित्य सङ्गमको प्रेक्षालयमा विमोचन गरिएको छ ।
जिल्ला अदालत मकवानपुरका मुख्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठले कविता सङ्ग्रहको विमोचन गरेका हुन् । कविता सङ्ग्रहको विमोचन कार्यक्रममा बोल्दै लेखक केबीले कृति प्रकाशनमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । उक्त कवितासङ्ग्रहको प्रकाशक पुण्यशिला श्रेष्ठ रहेकी छिन् ।
यस कविता सङ्ग्रहमा ३५ वटा कविताहरु समावेश गरिएका छन् । केबीको यो कविता सङ्ग्रह नवौं साहित्यिक कृति हो । लेखक केबीले साहित्य , पत्रकारिता र कलाकारिता क्षेत्रमा अनुभव बटुलिसकेका छन् । उनि हाल कानुन व्यवसायमा आवद्ध छन् ।
प्रकाशक श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने, झरना साहित्यक परिवारका अध्यक्ष दीपक गौतम, साहित्यकार पुर्षोत्तम आचार्य, पत्रकार रामकुमार एलनले मन्तव्य व्यक्त गरेका थिए । साहित्यकार केबीले सङ्ग्रहका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा विभिन्न साहित्यकार तथा साहित्य प्रेमीको सहभागिता रहेको थियो ।कार्यक्रमको सहजिकरण साहित्यकार सिएम रिमालले गरेका थिए ।

बाइलाइन नेपाल











