एमालेको अडानले संविधान जारी: सांसद कृष्णप्रसाद दाहाल

बाइलाइन नेपाल
२८ पुष २०७८, बुधबार १८:०२
फाइल तस्वीर

बकैया । नेकपा एमालेका केन्द्रीय सदस्य एवं मकवानपुर क्षेत्र नंबर १ का सांसद कृष्णप्रसाद दाहालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अडानले दोस्रो संविधानसभाबाट संविधान जारी हुन सकेको बताएका छन् ।

पूर्वी मकवानपुरको बकैया–१० मन्थलीको धुवाँकोटमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले एमालेको अडानले मात्र संविधान जारी हुन सफल भएको बताए । उनले संविधान जारी नगर्न देशीविदेशी शक्ति सक्रिय रहेको अवस्थामा अध्यक्ष ओलीको अडानले संविधान जारी हुन सकेको बताए ।

उनले आफु सांसद भएदेखि यहाँको विकास निर्माणको कामहरुलाई अघि बढाउँदै लगिरहेको बताए । उनले आउँदो एक वर्ष भित्र बकैयाको सबै वडामा विद्युत पुग्ने समेत बताए । उनले कृषिलाई जिविको पार्जनलाई मात्र नलिई व्यवसायीकरण गर्न समेत आग्रह गरे । उनले विदेशमा गर्ने परिश्रम स्वदेशमै गर्नुपर्ने बताउँदै स्थानीय,प्रदेश र केन्द्र सरकारले अनुदान दिईरहेको बताए । उनले एमाले ‘सुखी नेपाली र समृद्ध नेपाल’ को अभियानमा निरन्तर अघि बढेको बताए ।

मंगलबार बकैया–१० कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता रघुनाथ लामिछाने सहित एक दर्जन विभिन्न पार्टीका सक्रिय सदस्यहरु एमाले प्रवेश गरेका छन् ।

उक्त पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी, नेपाली कांग्रेस परित्याग गर्दै बुद्धिमान दियाली, सुमित्रा दियाली, सोमबहादुर बिक,सुर्य वाईवा, सुनमाया स्याङ्तान, गोकुल खड्का लगाएत एक दर्जन एमाले प्रवेश गरेका हुन् । उनिहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं मकवानपुर सह–ईन्र्चाज तथा मकवानपुर क्षेत्र नंबर १ का सांसद कृष्ण प्रसाद दाहालले टिका र खादा लगाएर एमालेमा स्वागत गरेका हुन् ।

कार्यक्रममाएमाले बागमती प्रदेश सदस्य कमल विष्ट, एमाले बागमती प्रदेश सदस्य पद्मा पौडेल, एमाले जिल्ला सदस्य दलबहादुर वाईवा, कृष्णप्रसाद चौलागाई र सरला बोलखे पार्टी प्रवेश गरेका लामिछानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*