उकालो लाग्दै कोरोना संक्रमण, आज ३ हजार ७५ जनालाई पुष्टि

बाइलाइन नेपाल
२८ पुष २०७८, बुधबार १७:२३

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ मा कोरोना पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ हजार ७५ मा कोरोना पुष्टि भएको जनाएको छ ।

यो अवधिमा १३ हजार ३६ जनाको स्वाब परीक्षण गरिएको थियो । पीसीआरबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*