नोभाक जोकोभिचद्वारा आइसोलेसनको नियम तोडेको स्वीकार

बाइलाइन नेपाल
२८ पुष २०७८, बुधबार १२:४८

नोभाक जोकोभिचले गत महिना कोभिड–१९ को संक्रमण पुष्टि भएपछि आइसोलेसनको नियम तोडेको स्वीकार गरेका छन् । यसलाई उनले ‘निर्णय क्षमतामा कमजोरी’ भनेर जिकिर गरेका छन् । बुधबार सामाजिक सञ्जाल इन्स्टाग्राममा सर्वियन खेलाडीले १६ डिसेम्बरमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको दुई दिन पछि एक पत्रकारलाई अन्तरवार्ताका लागि भेटेको बताएका छन् । ‘मैले त्यो भेटलाई स्थगित गर्नुपर्ने थियो,म स्वीकार गर्छु,’ उनले लेखेका छन् ।

उनको गतिविधिको तीव्र आलोचना भइरहेको छ भने अस्ट्रेलियाको सरकारले उनलाई देश निकाला गर्नेबारे सोचेको थियो । पोष्टमा उनले आफ्नो एजेन्टले अस्ट्रेलिया प्रवेशका लागि प्रयोग गरिएको यात्रा फारम भर्दा गल्ती गरेको पनि आरोप लगाएका छन् । उनको भनाई पछि अधिकारीहरुले नयाँ अनुसन्धान सुरु गरेको छ ।

हालसम्म खोप नलगाएका जोकोभिच अर्को हप्ता अस्ट्रेलियन ओपनको उपाधि जोगाउने तयारीमा छन् । अस्ट्रेलिया प्रवेश गर्ने क्रममा गत जनवरी ६ मा उनको भिसा रद्द गरिएको थियो । सोमबार अदालतले नाटकीय रुपमा सो निर्णयलाई उल्टाइएको थियो भने खेलाडीलाई हिरासतबाट रिहा गर्न आदेश दिएको थियो । तर अस्ट्रेलियाको सरकारले उनीमाथि थप कारबाहीको सम्भावनालाई अझै नकारिसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*