जिल्ला प्रशासन मकवानपुरको आदेशः २५ जनाभन्दा बढी भेला हुन नपाईने, खोप कार्ड अनिवार्य

बाइलाइन नेपाल
२७ पुष २०७८, मंगलवार १९:४८

हेटौंडा । मुलुकभर कोरोना संक्रमण बढ्दै गएपछि सरकारले लकडाउन गर्ने तयारी थालेको छ । यसैक्रममा मकवानपुरमा पनि २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । आज राती जिल्ला प्रशासन कार्यालय मकवानपुरले ९ बुँदे आदेश जारी गर्दै नगारिकलाई पालना गर्न आग्रह  गरेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेद्वारा जारी आदेशमा भौतिक रुपमा २५ जना भन्दा बढी उपस्थित भई हुने सबै प्रकारका कार्यक्रम नगर्न निर्देशन दिइएको छ । आज राती १२ बजेबाट लागुहुने आदेशमा राजनीतिक दलका सभा, सम्मेलन, जुलुस, भेला तथा मेला, महोत्सव, प्रर्दशनीहरु आयोजना गर्न रोक लगाइएको छ ।

सेवा प्रदान गर्ने सरकारी तथा अन्य कार्यालयहरुले भौतिक दुरी कायम गरेर मात्र सेवा दिन आदेश दिइएको छ । होटल तथा रेष्टुरेन्ट तथा पार्टी प्यालेसहरुले दैनिक निसंक्रमित गर्ने व्यवस्था मिलाउने र कर्मचारीहरुले मास्क, फेसशिल्ड लगाउनु पर्ने आदेशमा उल्लेख छ ।

यस्तै सार्वजनिक स्थलमा जाँदा कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ । सार्वजनिक यातायातमा मास्क अनिवार्य तथा खोप लिएकाहरुलाई मात्र यात्रा गराउने, आवश्यक काम परि घरबाहिर निस्कनुपर्दा मास्क अनिवार्य प्रयोग गर्ने, भौतिक दुरी कायम गर्नेलगायतका आदेश प्रशासनले दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*